नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको दिन एका बिहानै मध्यविन्दु नगरपालिका–११ मा गुडिरहेको ट्रकमा प्रहार गरिएको पेट्रोल बलमे ट्रकका चालक ३३ वर्षीय अमर बिक घाइते भएका छन् ।
बिकको ढाड र अनुहार पालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
जेठ १३ गते बिहान करिव ३ बजे महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख १०८ नं.को ट्रकमा अज्ञात पक्षले पेट्रोल बम प्रहार गरेको डिएसपी रानाभाटले बताए ।
बम प्रहार हुँदा ट्रक अनियन्त्रित भई सडक भन्दा ५ मिटर तल खसेको थियो । ट्रकका सहचालकको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको थियो ।
ट्रकमा लागेको आगो प्रहरीले केही समयपछि नियन्त्रणमा लिएको थियो । घटनास्थल प्रहरी चौकी अरुणखोलाबाट १ किमी पूर्व रहेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार बन्द आह्वान गरेको हुँदा बम प्रहारमा सो पार्टीको संलग्नता हुन सक्ने डिएसपी रानाभाटले बताए ।
यसैगरी जेठ १३ गते नै कावासोती–१६ मा पश्चिमतर्फ जाँदै गरेको बा ३ च ९३ नं.को जिपमा पेट्रोल बम प्रहार भएको छ ।
बिहान साढे ३ बजे बम प्रहार हुँदा जिपको त्रिपाल जलेको प्रहरीले जनाएको थियो । बम प्रहारबाट लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।