INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितिकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका—५ अण्डैयाका ७० वर्षीय रामलाल बिकलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले घटना भएकै राति नै प्रहरीमा उजुरी दिएएको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी  कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेत बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ ९ गते सेती अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो