INSEC Online

📅 २०८३ जेष्ठ २१

महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै हस्ताक्षर सङ्कलन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई आग्रह गर्दै कात्तिक ८ गते पोखरामा हस्ताक्षर सङ्कलन गरिएको छ ।

photo20161025kaski

शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा सभागृहचोकमा हस्ताक्षर सङ्कलन गरिएको हो । सञ्जालका संयोजक ढाकाराम पौडेलले विधिको शासन भन्दा पनि दलीय भागबण्डाका आधारमा नियुक्त कार्कीले समानान्तर शासन चलाउन लागेको र नागरिकका अधिकार पहुँचवालामा सीमित गरेको हुँदा कार्कीको विरोधमा उत्रनुपरेको बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले लोकतन्त्र स्थापित भइसकेपछि पनि दलीय भागबण्डाका कारण खराब आचरण भएका व्यक्तिहरू सत्तामा पुग्दा जनताले सास्ती भोग्नुपरेको बताइन् । शर्माले हरेक नागरिकले आफ्नो अधिकारको बारेमा सचेत हुनुपर्ने आवश्यकता रहेको बताइन् ।

हस्ताक्षर सङ्कलन कार्यक्रममा मानव अधिकारकर्मी टेकनाथ बरालले लोकतन्त्र र विधिको शासन स्थापना गर्नका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताउँदै सो हुन नसके प्राप्त उपलब्धि गुम्न सक्नेमा सचेत हुन आह्वान गरे ।

अन्य

भिडियो