अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९९ वर्षको उमेरमा जेठ १० गते निधन भएको खबरले दुःखी तुल्याएको जनाएको छ ।
‘राष्ट्रिय मानव अधिकार आयोगको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले आयोगको क्षमता अभिवृद्धि तथा पहिचानलाई व्यापक बनाउन ठूलो भूमिका खेल्नु भएको थियो ।’–इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जेठ १० गते जारी विज्ञप्तिमा उल्लेख छ ।
मानव अधिकार र सामाजिक न्यायको अभियानमा स्व. खत्रीको योगदानको स्मरण भइरहने इन्सेकले जनाएको छ ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,