बेतकोट नपा-१३ की २८ वर्षीया पुजा पन्तको हत्या गरेको आरोपमा ३० वर्षीय पति केशवराज पन्तलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
कात्तिक ५ गते राति घरैमा सुतेकी पीडित महिलाको शवलाई कात्तिक ६ गते बिहान शरीरमा निलडामसहित फेला पारिएको थियो ।
मृतकको शरीरमा निलडाम देखिएपछि पतिले नै हत्या गरेको आरोप लगाउँदै पुजाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कात्तिक ७ गते उजुरी दिएका थिए ।
माइती पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर बमले जानकारी दिए ।
पीडित महिलाको शवको पोष्टमार्टम कात्तिक ६ गते महाकाली अञ्चल अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।