१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ६ गते गुलरिया नपा–७ का २२ वर्षीय सरोज यादवलाई ६ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश किरणकुमार पोख्रेलको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद सापकोटाले बताए ।
पीडित बालिकालाई यादवले ०७४ जेठ ३ गते बलात्कार गरेको भनी ०७४ असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
प्रहरीले आरोपितलाई ०७४ असार २७ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७४ असार २५ गते जिल्ला अस्पताल गुलरियामा गरिएको थियो ।