१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको गोरखपुर स्थायी घर भई तिलोत्तमा नपा–६ गोरकट्टा बस्ने २५ वर्षीय जोखान केवटलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ ३ गते उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितले गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।