INSEC Online

📅 २०८३ जेष्ठ २१

स्ट्रेचर नहुँदा बिरामी समस्यामा

शिवनाथ गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामी समस्यामा परेका छन् । गाउँपालिका अन्तर्गतको उदयदेव स्वास्थ्यचौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्‍याउन समस्या हुने गरेको स्वास्थ्यचौकीका इञ्चार्ज नरेन्द्र महताले बताए ।

स्ट्रेचर नहुँदा बिरामीहरूलाई डोकोमा बोक्नुपर्ने बाध्यता रही आएको उहाँले बताए । रातको समयमा बिरामी भएकाहरूलाई समेत डोकोमै बोकेर स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने बाध्यता रहेको महतले जानकारी दिए ।

‘एक हप्ता अघि मात्रै एकजना बिरामी हुँदा रातको समयमा डोकोमै बोकेर सडकसम्म पुर्‍याए थियौँ ।’–महताले भने ।

सो विषयमा स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम्सेविकाहरू र गाउँपालिकालाई जानकारी गराएको भएपनि अहिलेसम्म उपलब्ध नभएको उनले बताए ।

स्ट्रेचर नहुँदा गर्भवती महिला र अन्य बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पु¥याउन निकै सकस हुने गरेको उनले बताए ।

‘उसैपनि दुई तीन घण्टा हिँडेर स्वास्थ्य संस्थामा पुगिन्छ त्यहि पनि डोकोमा बोक्नुपर्ने बाध्यता छ ।’–स्थानीय किसन साउदले भने ।

गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले गाउँपालिकाले ६० ओटा स्ट्रेचर किन्नका लागि प्रक्रिया अघि बढाइसकेको बताए । केही दिनभित्रै प्रत्येक महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थामा स्ट्रेचर वितरण गरिन्छ ।’

अन्य

भिडियो