६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधार गृहमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ २ गते ४ महिना कैद र पीडितले पाउने गरी २० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । कसुर ठहरसँगै बालकलाई कैद भुक्तानका लागि बालसुधारगृहमै पठाउन आदेश भएको स्रेस्तेदार राजकुमार आचार्यले बताए ।
पीडित बालिकालाई आरोपित बालकले ०७५ फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितको परिवारले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ७ गते गरिएको थियो । फागुन ७ गते नै गिरफ्तारीमा परेका कसुरदारलाई अदालतले फागुन २८ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको थियो ।