चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३ गते १७ वर्षीय बालकलाई १२ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले बालकलाई दोषी ठहर गर्दै १६ वर्ष कैद हुनु पर्ने ठहर गरेकोमा नाबालक भएका कारण घटाएर १२ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार धनीप्रसाद चपाईले बताए ।
जिल्ला अदालतका अनुसार आरोपित नाबालक भएको भएर आगामी ५ वर्षसम्म निगरानी गर्ने गरी रिहा गर्ने र तोकिएको १२ वर्षको सजाय पनि स्थगित गर्ने फैसला गरेको हो ।
बानीमा सुधार गरी सच्चिएर जाने अवसर दिँदै अदालतले फेरि पनि यस्तै गतिविधि गरे अहिलेको सजायसमेत भुक्तानी गर्नु पर्ने पैmसला गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ मङसिर २९ गते बलात्कार गरेको आरोपमा पुस २ गते गिरफ्तार गरिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।