INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ६० वर्षीय सोनेलाल यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २ गते उजुरी परेको छ ।

भैँसी चराउन गएकी बालिकालाई भैँसी चराइरहेका आरोपितले जेठ १ गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ २ गते गरिएको छ । आरोपित हाल फरार रहेका छन् ।

अन्य

भिडियो