१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका राप्ती नगरपालिका–११ का २२ वर्षीय नविन तामाङलाई जिल्ला अदालतले १३ वर्ष कैद र २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जेठ १ गते उक्त फैसला गरेको हो ।
पीडित बालिकालाई तामाङले ०७५ कात्तिक ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भण्डारामा कात्तिक ७ गते उजुरी दिएको थियो ।
उक्त उजुरीको आधारमा प्रहरीले आरोपितलाई कात्तिक ६ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ७ गते भरतपुर अस्पतालमा गरिएको थियो ।