८४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रघुगङ्गा गाउँपालिका–३ पिप्लेका ३५ वर्षीय गोरे परियार भन्ने सूर्य दर्जीलाई १५ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले वैशाख ३० गते सो फैसला गरेको श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए ।
मुलुकी अपराध संहिता अनुसार बलात्कार कसुरमा १० वर्ष र अशक्त तथा बृद्ध महिलालाई बलात्कार गरेकोले थप ५ वर्ष गरी १५ वर्ष कैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित महिलालाई दर्जीले ०७५ फागुन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ परीक्षण फागुन ११ गते जिल्ला अस्पताल बेनीमा सम्पन्न भएको थियो ।