INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारघटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ६२ वर्षीय ध्रुव मास्केलाई वैशाख २९ गते गिरफ्तार गरेको छ ।

वैशाख ६ गते आरोपितले बालिकालाई दोकान गएको मौका छोपी यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २६ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २६ गते गरिएको छ ।

अन्य

भिडियो