१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्लाको बेटकोट नपा–४ का २२ वर्षीय नरबहादुर भण्डरीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन सेती अञ्चल अस्पतालमा गरिएको छ ।