२१ वर्षीया युवातीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–८ का ४१ वर्षीय लेखनाथ शर्मालाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई ०७५ फागुन २२ गते बलात्कार गरेको भन्दै युवतीका आफन्तले फागुन २२ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए ।
उजुरी दिएको थाहा पाए लगत्तै फरार रहेका शर्मालाई वैशाख २५ गते गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण ०७५ फागुन २२ गते नै वालिाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रहरीले जानाएको छ ।