रामेछाप जिल्लाका गर्भवती महिलाहरूमध्ये झण्डै १४ प्रतिशत महिलाहरूमा कुपोषणको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सङ्कलन गरेको एक वर्षो तथ्याङ्कमा सो समस्या देखिएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा रहेका ५ हजार ५ सय गर्भवती महिला मध्ये ७ सय ४६ जनामा कुपोषणको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरिक्षक केशव फुयालका अनुसार गर्भवती महिलाहरूमा रगतको कमी हुने समस्यासमेत देखा परेको छ ।
जिल्लामा गर्भावस्थामा रगतको कमी हुने महिलाहरूको सङख्या १० प्रतिशत रहेको पनि उनले बताए ।
फुयालले रामेछापका ५ वर्षुनीका बालबालिका मध्ये ९ प्रतिशतमा कुपोषणको समस्या रहेको पनि बताए । उनले ५ वर्षुनीका २१ हजार बालबालिका रहेको उल्लेख गर्दै १ हजार ८ सय ९० जनामा कुपोषणको समस्या देखा परेको बताए ।
एक वर्षुनीका बालबालिकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेपनि ५ वर्षुनीका बालबालिकाहरूमा भने कुपोषणको समस्या देखा परेको फुयाँलले बताए ।