इनरूवा नगरपालिका–१ स्थित चाँदनी आधारभूत विद्यालयमा वैशाख २५ गते अज्ञात पक्षले आगजनी गरेको छ ।
अज्ञात पक्षले २५ गते बिहान २ बजेको समयमा कार्यालय कोठाको ताल्चा तोडेर कागजातसहित फर्निचरमा आगजनी गरेको डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।
आगजनीबाट कम्प्युटर एक थान, केही पुस्तकहरू, रोष्टम, फाइल र खेलकुदका सामग्री जलेर नष्ट भएको छ । आगजनी गर्ने समूहले एक थान साउण्ड बक्स लिएर गएको डिएसपी फुयालले बताए ।
आगजनीबाट करिब ४५ हजार रुपियाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ । घटनामा संलग्नहरुको खोजी थालिएको प्रहरीले जनाएको छ ।