INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

१४ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिक्कल गाउँपालिका–३ घर भई सोही ठाउँको रातमाटा खोलागाउँ माध्यमिक विद्यालयमा प्राथामिक तहमा पढाउने ४५ वर्षीय शिक्षक चिरञ्जीवी पहाडीविरूद्ध वैशाख २२ गते बाल सञ्जालको सक्रियतामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दर्ता गरिएको छ ।

पीडितद्वयलाई आरोपित शिक्षकले वैशाख १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध बाल सञ्जालको सहयोगमा  जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा २२ गते उजुरी  दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको एसपी सिंहले जानकारी दिए । घटनाको बारेमा पीडित पक्षले वैशाख १४ गते नै वडाध्यक्ष टेकबहादुर रजन मगरलाइ लिखित जानकारी गराएपनि घटनामा राजनीतिक दबाब आएकोे र घटना शङ्कास्पद लागेपछि घटनास्थलमा नै पुगेर अनुसन्धान गरेपछि मात्र २२ गते उजुरी दर्ता गरिएको एसपी सिंहले बताए ।

अन्य

भिडियो