लमजुङ जिल्लाकी १७ वर्षीया बालिकालाई वैशाख २० गते स्याङजा जिल्ला गल्याङ नपा–७ का बुद्धबहादुर बिक र सोही नपा–९ का सहचालक छविलाल भट्टराईले यौन दुर्व्यवहार गरेको आरोपमा वैशाख २० गते गिरफ्तार गरिएका आरोपितद्वयलाई अनुसन्धान र कारवाही नगरी रिहा गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित बालिकाले आरोपितद्वयलाई तत्काल पुनः गिरफ्तार गरी कारवाही गर्न माग गरेकी छन् । नारायणगढका गाडी चढेकी बालिकालाई पोखराबाट तौलिहवा आउँदै गरेको बसका चालकले झुक्याएर कपिलवस्तु पुर्याएको र युवतीलाई राति बस भित्र यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको उजुरीका आधारमा प्रहरीले लु १ ख ३९४९ नम्बरका बस चालक र सह चालकलाई गिरफ्तार गरेको थियो ।
आर्थिक तथा राजनीतिक चलखेलका कारण प्रहरीले आरोपितद्वयलाई छाडेको पीडित बालिकाले आरोप लगाएकी छन् ।
पीडितका अनुसार आरोपितद्वय तौलिहवाको बस पार्कमा रहेको न्यु छपिया होटलमा बलात्कार योजना सहित कोठा बुक गर्न गएका थिए ।
‘होटलका सञ्चालक गोपाल खरेलले उनीहरूँंग मलाई देखेपछि कोठा दिन मानेनन् । होटलमा कोठा नपाइएको भन्दै बसभित्रै सुत्न भनेर लैजाने प्रयास गरे । म त्यहाँबाट प्रतिवाद गरेर भागेँ । त्यसपछि प्रहरीसमक्ष पुगेँ ।’–पीडित बालिकाले भनिन् ।
प्रहरीले पीडितलाई साथी संस्थाको सुरक्षित गृहमा राखेको थियो । वैशाख २१ गते आरोपितद्वयलाई पश्चिम नेपाल बस व्यवसायी सङ्घका कर्मचारी अकबाल अली रङ्गरेजको जिम्मामा रिहा ग¥यो ।
आरोपितद्वयले उनी आफूहरूसँग सहमितिमै आएको बयान दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्र पाण्डेयले बताए ।
उनले चालक र सह चालकको कुनै गतल मनासय नेखिएकाले कागज गराई छाडिएको बताए । ‘हामीले सोधपुछ गर्दा त्यस्तो शङ्कास्पद कुरा देखिए । दबाब र प्रभावले होइन ।’–डिएसपी पाण्डेयले भने ।
तर, १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै पनि यौन सम्पर्क गर्न कानुनले बन्देज लगाएकाले बालबालिकासम्बन्धी ऐन अन्तरगत कारवाही गरिनु पर्ने कानुन वयवसायीहरूको भनाई छ ।