हनुमाननगर कङ्कालिनी नपा–१४ बिष्णुपुर टोलका ६५ वर्षीय जगदिश रामलाई वैशाख २१ गते राति ३२ वर्षीय छोरा देवकुमार रामले हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन् ।
मादक पदार्थ सेवन गरेका आरोपितको कुटपिटबाट घाइते जगदिश रामको उपचारको क्रममा हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रामपुर मल्हनियास्थित स्थानिय मेडिकलमा राति १० बजे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतककी जेठी बुहारी ३० वर्षीया सुनीतादेवी रामले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी उजुरी दिएको र आरोपितको खोजी तिब्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खडकाले बताए ।
शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २२ गते गरिएको छ ।