धौलागिरी गाउँपालिका–५ भेडिखाल्टास्थित पार्वती पुर्जाको घरमाभित्र प्रवेश गरेको भन्दै स्थानीय जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशबहादुर बिकलाई कुटपिट गर्दै घाइते बनाउएको आरोपमा दुई जनालाई वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले बस्ने बर्ष ४२ को रेशबहादुर बिकलाई धौलागिरी गाउँपालिका–५ का ३० वर्षीय जितेन्द्र जुग्जाली र ३५ वर्षीय बलबहादुर रोकालाई वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको हो ।
०७६ वैशाख ५ गते जनज्योती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी पुर्जाको घरभित्र प्रवेश गरेको भन्दै बिकलाई कुटपिट गरी गोडाको हड्डीसमेत भाँचिदिएका थिए ।
घटनाको १० दिनपछि वैशाख १५ गते प्रहरीमा उजुरी दिएको भएपनि प्रहरीले वैशाख २२ गते मात्रै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताए ।