२७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ३० वर्षीय नातेदारलाई जिल्ला अदालतले वैशाख १९ गते १० वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । फैसलामा कसुरदारबाट पीडित महिलालाई १ लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिइएको छ ।
आरोपित ०७५ साउन ३१ गतेदेखि पूर्पक्षका लागि कारागारमा रहेका थिए । पीडित महिलालाई कसुरदारले साउन ३ गते बलात्कार गरेको भन्दै साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।