INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–६ का २५ वर्षीय प्रदीप खड्कालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई प्रलोभन देखाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १७ गते गरिएको छ ।

अन्य

भिडियो