INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ४५ वर्षीय दीपक गौतमलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

आफ्नै उद्योगमा कार्यरत श्रमिककी पत्नीलाई वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १८ गते प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

आरोपित माथि अनुसन्धान थालिएको डिएसपी श्रेष्ठको भनाई छ । पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा वैशाख १८ गते गरिएको छ ।

अन्य

भिडियो