१३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा वैशाख १८ गते ‘महिला श्रमको सम्मान गरौँ, सामाजिक न्याय सहितको विकासमा अघि बढौँ’ भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका, महिला अधिकार मञ्च, एक्सन एड, इन्सेक र हातेमालो सञ्चार समूहको संयुक्त आयोजनमा अयोजित कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महिलालाई समान ज्याला, सम्मानजनक प्रतिनिधित्व, शैक्षिक, आर्थिक, तथा प्रजनन अधिकारको रक्षाको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा नेपालगन्ज उमनपाकी उपप्रमुख उमा थापामगरले महिलामाथि हुँदै आएका विभिन्न खालका विभेद अन्त्य गर्नुपर्ने धारणा राखेकी थिइन् ।
यसैगरी श्रमिक महिलाहरूको सम्मेलनले ७ बुँदे नेपालगन्ज घोषणा–पत्र २०७६ जारी गरेको छ । महिलाहरूको श्रमको सम्मान तथा न्यायका लागि राष्ट्रव्यापी अभियानका लागि सडक नाटकसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा महिला श्रमिकहरुको पुरुष सरह सम्मान, उचित र न्युनतम ज्याला सुनिश्चित गर्न तथा आत्मसम्मान सहितको श्रम लगायका विषयमा कार्यपत्र पस्तुत गरिएको थियो ।
