१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–३ का २४ वर्षीय भीम अधिकारीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलका अनुसार वैशाख १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा अधिकारीलाई वैशाख १६ गते नै गिरफ्तार गरिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा गरिएको छ ।