INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा थुनामा रहेका ललितपुर महानगरपालिका–२० नःटोलका ५० वर्षीय श्यामकृष्ण महर्जनलाई जिल्ला अदालत ललितपुरले ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना फैसला सुनाएको छ ।

न्यायाधीश डा.रमेशप्रसाद रिजालकोे इजलासले वैशाख १५ गते उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

आरोपितले ०७५ चैत ५ गते पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध सोही दिन महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि थुनामा राखेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते पाटन अस्पतामा गरिएको थियो ।

जिल्ला अदालतले पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपुर्ति दिने समेत फैसला गरेको श्रेष्तेदार तिवारीले बताए ।

अन्य

भिडियो