INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीहरूद्वारा प्रहरी हिरासतको अनुगमन

नेपाल प्रहरीको हिरासतमा राजनीतिक बन्दीको रूपमा रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबारे जानकारी लिनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनका प्रतिनिधि सम्मिलित एक टोलीले वैशाख १५ गते हिरासतको अनुगमन गरेको छ ।

नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य कृष्ण दाहाल, जिल्ला अध्यक्ष सीतारामप्रसाद बर्मा र इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन गरेका हुन् ।

हिरासत अनुगमनका क्रममा नेकपाका जिल्ला जनसरकार उपप्रमुख सिद्धलेक गाउँपालिका–६ का ४२ वर्षीय धनबहादुर घले र सो पार्टीका सदस्य चितवन जिल्ला भरतपुर महानगरपालिका–१८ निवासी ३० वर्षीय इश्वर पाण्डे हिरासतमा रहेका छन् ।

उनीहरूलाई सङ्गठित अपराध अन्तर्गत जिल्ला अदालतको वैशाख १० गतेको आदेश अनुसार न्यायिक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका एसपी राजकुमार वैद्धवारले जानकारी दिए ।

घलेलाई ०७५ चैत १२ गते सिद्धलेक गाउँपालिका–६ बाट र पाण्डेलाई ०७६ वैशाख ९ गते नीलकण्ठ नगरपालिका–८ बाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रहरी हिरासतमा आफूहरूलाई अमानवीय व्यवहार नगरेको घले र पाण्डेले टोलीलाई बताएको अधिकारकर्मी सिताराम बर्माले बताए ।

अन्य

भिडियो