INSEC Online

📅 २०८३ जेष्ठ २१

आगो लगाएर हत्या प्रयास घटनाका आरोपित पति फरार

कल्याणपुर नपा–८ की २२ वर्षीया कञ्चनदेवी मण्डललाई २४ वर्षीय पति बेचन मण्डलले घरायसी विवादमा वैशाख १२ गते शरिरमा मटितेल छर्केर आगो लगाई हत्या प्रयास गरेका छन् ।

पीडित महिलाको प्राथमिक उपचार मिर्चैयास्थित मङ्गलम अस्पतालमा भएपनि थप उपचारको लागि तत्कालै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र त्याहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको पीडित परिवारले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको जानकारी हुनासाथ पीडितलाई उद्धार गरी थप उपचारको लागि प्रहरीको निगरानीमा धरान पठाएको बताए ।

आरोपित बेचन मण्डल फरार रहेकाले खोजतलास भइरहेको र घटना अनुसन्धानको लागि पीडितकी ४० वर्षीया सासू सुरजी खत्वेलाई सोधपुछको लागि प्रहरी निगरानीमा राखेको डिएसपी खनालले बताए ।

अन्य

भिडियो