२१ वर्षीया एकल महिलालाई गुजरा नपा–२ का २२ वर्षीय नरेश ठाकुर हजामले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख १३ गते उजुरी दर्ता गराएकी छिन् ।
पीडित महिला आफ्ना दुई नाबालक छोराछोरीको साथमा सुतिरहेको अवस्थामा वैशाख ११ गते आरोपित नरेशले घरभित्र प्रवेश गरी यौन दुर्व्यवहार गर्नुका साथै बलात्कार प्रयास गर्न लाग्दा पीडितले हल्ला गरेपछि छिमेकी आएपछि आरोपित भागेको पीडितले बताइन् ।
पीडितले दिएको उजुरी दर्ता गरी घटनाको अनुसन्धान सुरू गरेको इलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १३ गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको छ । आरोपित फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।