INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नपा–९ बस्ने १९ वर्षीय मदन माझीलाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ४ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ११ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको वडा प्रहरी कार्यालय वालिङका सई युवराज चन्दले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख ११ गते नै वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो