INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रकोट गाउँपालिकामा–५ का २६ वर्षीय अनिल भनिन तेजबहादुर सुनारलाई वैशाख १० गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र खड्काका अनुसार सुनारले पीडित महिलालाई वैशाख १० गते नै बलात्कार गरेका थिए ।

बलात्कार गर्ने क्रममा पीडित महिला चिच्चाएरपछि स्थानीयबासीले सुनारलाई समातेर प्रहरीलाई खबर गरेको स्थानीय पूर्ण श्रेष्ठले जानकारी दिए ।

आरोपितलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी दिपककुमार बस्नेतले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १० गते नै गुल्मी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो