४० वर्षीया विष्णु देवकोटालाई कुटपिट गरेको भन्दै प्रहरीले मुसीकोट नगरपालिका–१ माथिल्लो बागबजारका ४० वर्षीय तेजेन्द्र देवकोटालाई वैशाख १० गते घरबाटै गिरफ्तार गरेको हो ।
सधैँ मदिरा सेवन गरेर कुट्ने गरेको र पछिल्लो पटक वैशाख ९ गते बिहान हात नै भाँचिने गरी कुटेको प्रहरीले जनाएको छ ।
कुटपिट गरेपछि पीडित महिलाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । गिरफ्तार गरिएका देवकोटामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
पीडित महिलाको उपचार जिल्ला अस्पताल सल्लेमा गरिएको छ । यसअघि पनि पत्नी कुटेको आरोपमा गिरफ्तार भएका आरोपित १० हजार रुपियाँ धरौटीमा रिहा भएका देवकोटाले दोस्रो पटक कसुर गरेको आरोप छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।