१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत ललितपुरले महालक्ष्मी नगरपालिका–७, चाँगाथलीका २० वर्षीय सुवास थापालाई ६ वर्ष कैदको फैसला सुनाएको छ । अदालतले पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउने समेत फैसला सुनाएको हो ।
न्यायाधीश धनसिंह महराकोे इजलासले वैशाख ९ गते उक्त फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।
पीडित युवतीलाई थापाले ०७५ मङ्सिर १ गते बलात्कार गरेको आरोपमा थापालाई मङ्सिर ९ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर १ गते नै पाटन अस्पतालमा गरिएको थियो ।
घटनाबारे थप अनुसन्धन गरी मङ्सिर २० गते जिल्ला अदालतमा पेश गरिएको मुद्दाको सुनुवाइ गर्दै कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।