INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख ६ गते घोराही उपमनपा–१८ का २३ वर्षीय रामलाल बिकलाई १५ वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले बलात्कार कसुरमा दोषी ठहर गर्दै १५ वर्ष कैद र पीडितलाई आरोपितबाट १ लाख रुपिँया क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ  ।

मूलुकी फौजदारी संहिता कार्यान्वयनसँगै नाबालिकलाई बलात्कार गरे १४ देखि १६ वर्ष सजाय गर्ने व्यवस्था अनुसार जिल्ला अदालतले पहिलो पटक यस्तो फैसला गरेको जिल्ला अदालतले जनाएको छ  ।

पीडित बालिकालाई बिकले ०७५ कात्तिक २२ गते गाँउमा लागेको मेला हेर्न गएको बेला जङ्गलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक २३ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।

अन्य

भिडियो