INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता

पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा दायर गरेकी छन् ।

३५ वर्षीय पति कमलबहादुर नेपाली हाल ललितपुरस्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरत छन् । पतिले दोस्रो विवाह गरेको थाहा पाएपछि आपूmले विभिन्न स्थानमा न्यायका लागि जाँदा समेत सुनवाइ नभएपछि हाल पीडितले इन्सेकको पहलमा जिल्ला अदालत सल्यानमा पालनपोषण र मानाचामल भराइ पाउँ भनी मुद्दा दायर गरेकी छन् ।

‘पतिले विना कारण कुटपिट गर्ने गरेको र पालनपोषण खर्च दिन छाडेपछि मैले उहाँ कार्यरत गणमा गएर पनि त्यहाँको हाकिम सावसँग कुरा गरेँ ।’–उनले भनिन्–‘उहाँहरूले हामी मासिक रूपमा पैसा पठाउने व्यवस्था मिलाउछौँ भन्नुभयो । तर, नत पैसा आयो नत मैलै उहाँको माया नै पाएँ । बरू वहाँले अर्को  विवाह गरेको थाहा पाएँ ।’

न्यायका लागि भौतारिँदाभौतारिँदै हरेश खाइसकेकी नेपालीले बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक समितिमा समेत माना चामल र छोरीको पालन पोषणको व्यवस्था गरी पाउँ भनि ०७५ चैत २० गते उजुरी दिएको बताइन् ।

न्यायिक समितिले गराएको छलफलमा पतिले ‘मेरो तँसँग कुनै सम्बन्ध छैन जे गर्न सक्छेस गर’ भनेर धम्की दिएपछि अदालतसम्म आउनु परेको पीडितले बताइन् ।

नगरपालिकाकै सिफारिस लिएर जिल्ला अदालतमा पुग्दासमेत प्रक्रिया नपुगेको भन्दै फिर्ता भएपछि इन्सेकको पहलमा मुद्दा दर्ता गरिएको हो ।

अन्य

भिडियो