नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नपा–१६ डण्डामा अज्ञात पक्षले भारतीय मालवहाक सवारीमा आगजनी गरेको छ ।
भारतीय आर जे ०२ जिबी २०७० नम्बरको प्लाइउड बोकेको ट्रकमा एसिड प्रयोग गरी आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।
उनका अनुसार एसिड प्रहारबाट ट्रकको त्रिपाल जलेको छ भने प्लाइउडमा समेत केही नोक्सानी पुगेको छ ।
आगजनी भइरहेको समयमा सशस्त्र प्रहरीको गस्ती टोली सोही ठाउँमा पुगेको कारण पूर्ण क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
