INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा दुई वर्ष कैदको

२१ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका १७ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले वैशाख ४ गते दुई वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजालसले बलात्कारको प्रयास गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । फैसलासँगै उनी उमेर नपुगुञ्जेलसम्म बालसुधारगृहमा बसेर कैद भुक्तान गर्ने अदालतले जनाएको छ ।

उमेर पुगेकाको हकमा तीन वर्ष कैद हुने गरी कसुरदार बालक ठहरिएकाले दुई तिहाई सजायको व्यवस्था अनुसार दुई वर्ष कैद फैसला सुनाइएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

पीडित युवतीलाई आरोपितले ०७४ माघ १ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

निवेदनसँगै गिरफ्तारीमा परेका बालकलाई अदालतले माघ २८ गते ‘पुर्पक्षका लागि’ थुनामा राख्ने आदेश दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो