INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–५ का ४५ वर्षीय  हनुमान भनिने समीर मियालाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ४ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतका अनुसार आरोपित मियाले घटनापछि कसैलाई नभन्नु भन्दै ५ सय रुपियाँ बालिकालाई दिएर फरार भएका थिए ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्ला अर्घातोष प्रहरी चौककीको संयुक्त टोलीले लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको एसपी बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते गुल्मी जिल्ला अस्पताल तम्घासमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो