६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विर्तामोड नगरपालिका–५ का ४० वर्षीय प्रकाश तोलाङ्गीलाई प्रहरीले वैशाख ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय अनारमनीमा आरोपितविरूद्ध उजुरी दिएपछि गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
पीडित बालिकाको शरीरमा निलडाम देखिएपछि पीडित पक्षले उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्याए पश्चात चिकित्सकले यौन दुर्व्यवहारका कारण निलडाम भएको बताएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा वैशाख ३ गते गरिएको छ ।