INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीय बालकलाई यौन दुर्व्यवहार (अप्राकृतिक मैथुन) गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का २५ वर्षीय सञ्जय श्रेष्ठ र सोही नपा–८ का २२ वर्षीय कृष्ण मण्डललाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले पीडित बालकलाई वैशाख २ गते यौन दुर्व्यवहार गरेकोले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा वैशाख ३ गते उजुरी दिइएको हो ।

पीडित बालकको स्वास्थ्य परीक्षण धरान स्थित विपी प्रतिष्ठानमा वैशाख ३ गते भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।

अन्य

भिडियो