INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको विषयमा उजुरी परेपछि पत्रकार गिरी गिरफ्तार

पोखरा महानगरपालिका–९ मा रहेको ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य पोखरा मनपा–२३ निर्मलपोखरी बस्ने २९ वर्षीय अर्जुन गिरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गत चैत २२ गते ‘ठग, बदमास, दीपेन्द्रराज बतास !’ प्रकाशित समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै व्यवसायी विपेन्द्रराज बतासले साइवर क्राइममा   उजुरी दिएपछि गिरीलाई वैशाख २ गते बिहान ९ बजे जिल्ला प्रहरी कार्यलयमा बोलाएर पक्राउ पुर्जी थामाइएको ताण्डव न्युजका वरिष्ठ सम्वाददाता माधव भुसालले जानकारी दिए ।

केन्द्रिय अनुसन्धान ब्युरोको निर्देशनानुसार गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले बताए ।

पत्रकार गिरीको गिरफ्तारीमा नेपाल पत्रकार महासङ्घ कास्कीले विरोध जनाएको छ । ‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरी कारबाही गर्ने प्रवृत्तिको महासङ्घ कास्की खेद प्रकट गर्दै गिरफ्तारीमा परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ ।’–अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो