त्रिपुरासुन्दरी गाउँपालिका–६ निवासी गाउँपालिकाका सदस्य ३२ वर्षीय निरबहादुर बिकलाई चैत २४ गते कार्यालय समयपछि घर फर्कँर्दै गर्दा सोही गाउँपालिका–२ का २३ वर्षीय सुजन तामाङले कुटपिट गरेको भन्दै चैत २५ गतेदेखि अनिश्चितकालका लागि त्रिपुरासुन्दरी गाउँपालिकाका कार्यपालिका सदस्यहरूले कार्यालयमा ताला लगाएका छन् ।
कुटपिटपछि घाइते भएका पीडितको उपचार जिल्ला अस्पताल धादिङमा गरेपछि थप उपचारका लागि २५ गते नै काठमाडौँस्थित ट्रमा सेन्टरमा पुर्याइएको पीडितका दाजु हरि बिकले जानकारी दिए ।
त्रिपुरासुन्दरी गाउँपालिका–२ मा रहेको गाउँपालिका कार्यालयमा सोही गाउँपालिका–५ का वडा अध्यक्ष कुसबहादुर सिटौला, वडा नं ७ का अध्यक्ष देबराज धरेल र कार्यपालिका सदस्य हरि बिकले कार्यालयमा ताला लगाइ गाउँपालिका सदस्यहरूको सुरक्षाको माग गर्दै गाउँपालिका भित्र आर्थिक अनुसशासन कायम गर्न, ठेक्कापट्टामा पारदर्शिता कायम गर्न सूचना टाँस गरेका छन् ।
आरोपीतविरूद्ध पीडत पक्षले चैत २५ गते इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी दिएको प्रहरीले जनाएको छ । हाल आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनायो ।