१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२२ बस्ने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक ४५ वर्षीय प्रजापति दाहाललाई चैत २७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले चैत २६ गते आर्थिक लेनदेनसम्बन्धी कुरा गर्न क्वाटरमा बोलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
उक्त उजुरीको आधारमा आरोपीतलाई चैत २७ गते गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनायो । पीडित युवतीको स्वास्थ्य परीक्षण भने नगरिएको प्रहरीले जनायो ।