INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका–१७ दोबिल्लामा बसोबास गर्दै आएका बाग्लुङका २६ वर्षीय अर्जुन बिकलाई चैत २५ गते सोमबार प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडिट बालिकालाई यौन  दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय पठाइएको वडा प्रहरी कार्यलय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

आरोपितलाई गिरफ्तार पश्चात चैत २६ गते मुद्दा दर्ता गरी सोही दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनले बताए ।

अन्य

भिडियो