हिन्दु राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले चैत २५ गते गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।
काठमाडौँको रत्नपार्कबाट सुरू गरिएको प्रदर्शन पुतलीसडकको पद्मोदय मोडमा कोणसभा गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरी दमन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा ३९ जना राप्रपा कार्यकर्ता घाइते भएको बर्तौलाले बाताएका छन् । घाइतेहरूको काठमाडौँको मोडल अस्पतालमा उपचार भइरहेको बर्तौलाले बताए ।