तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय बालकलाई चैत २१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिका घरमा एक्लै रहेको अवस्थामा चैत २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते सेती अञ्चल अस्पताल, धनगढीमा गरिएको थियो ।