INSEC Online

📅 २०८३ जेष्ठ २१

पुरानै ब्रेललिपि पढ्छन् दृष्टिविहिन बालबालिका !

कनकासुन्दरी गाउँपालिका- ६ का दत्त कार्मी एक दृष्टिविहिन हुन् । २०६६ साल देखि सिंजा गाउँपालिका नराकोट स्थित भैरव माध्यामिक विद्यालयमा अध्ययन गर्दै आइरहेका थिए । उनले लामो दुःख कष्ट गरेर सहयोगीको सहायतामा यसवर्ष माध्यमिक शिक्षा परीक्षा(एसर्इई) राहदेउ माध्यमिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) दिए ।

जुम्ला जिल्लाको सिंजा गाउँपालिका नराकोटस्थित भैरव माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिनहरू ।
जुम्ला जिल्लाको सिंजा गाउँपालिका नराकोटस्थित भैरव माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिनहरू ।

उनले भने गाउँबस्तीदेखि टाढा अग्लो डाँडामा भैरब माध्यमिक विद्यालय छ, यसै विद्यालयको एक पुरानो जीर्ण भवनमा एक दशक बितायौँ । दृष्टिविहिनका लागि सधैँ पाठ्यपुस्तक ब्रेललिपिको अभाव हुने गरेको छ । शैक्षिक सत्र जुम्लामा फागुनदेखि सुरु हुन्छ तर, यहाँ सधैँजसो जेठ असार महिनामा मात्र पाठ्यपुस्तक(ब्रेललिपि) आउने गरेको उनले बताए ।

गाउँपालिकाको मासिक १० हजार अनुदानमा दृष्टिविहिनलाई पठनपाठन गर्दै आउनु भएकी शिक्षिका शान्ति रोकायाका अनुसार अहिले पुरानै ब्रेललिपिलले काम चलाइरहेका छौँ । आफै दृष्टिविहिन शिक्षिका अहिले स्नातक तहमा अध्ययनरत रहेको बताइन् । दृष्टिविहिनलाई अध्ययन गर्ने सहज वातावरण नरहेकोले निकै कष्टपुर्ण तरिकाले यहाँसम्म पुगेको आफ्नो अनुभव बताइन् । यस विद्यालयमा अहिले १२ जना दृष्टिविहिन छात्र छात्रा अध्ययनरत छन् अझै भर्ना हुने क्रम जारी रहेको उनको भनाइ रहेको छ ।

अन्य

भिडियो