INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधिको पहलमा महिलाको उद्धार

इन्सेक जिल्ला प्रतिनिधिको पहल र  प्रहरीको सहयोगमा चैत २० गते बेवारिसे अवस्थामा रहेकी गर्भवती महिलाको उद्धार गरी कदम नेपालको सुरक्षित आवास गृहमा राखिएको छ ।

बाग्लुङ्ख जिल्ला जोइदी–जिमिरे घर बताउने अन्दाजी २७ वर्षीया महिलालाई बुटवलको राजमार्ग चौराहाबाट इन्सेक रुपन्देहीको पहल र इलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएको हो ।

रातको समयमा सडकमा बेवारिसे अवस्थामा माग्दै हिँडेकी महिलालाई सोधपुछ गर्ने क्रममा बेवारिसे भएको खुलेको थियो  ।

अपरिचत व्यक्तिले आफूलाई केही समय पहिले जङ्गलमा लगेर बलात्कार गरेका कारण यो अवस्थामा पुगेको पीडितले बताइन् ।

उद्धार गरीएकी महिलाले पोखरामा रहेको कोपिला सुरक्षित आवास गृहमा बसेको भनेपछि उक्त संस्थाका प्रमुख विना सिलवालसँग सम्पर्क गरेपश्चात प्रहरीसँग सहकार्य गरेर पोखरा पठाउने तयारी भइरहेको छ  ।

अन्य

भिडियो